“प्रकृति, संस्कृति र समृद्धि—साइपालको पहिचान”

header AD
संक्षिप्त विवरण

गाउँपालिकाको विद्यमान अवस्था

बझाङ जिल्लाको उत्तरी भागमा अवस्थित साईपाल गाउँपालिकाको कुल क्षेत्रफल १,४६७.२७ वर्ग कि.मी. रहेको छ। सामाजिक, आर्थिक, राजनीतिक, भौगोलिक, शैक्षिक, संचार र पूर्वाधारको क्षेत्रमा निकै पछाडी रहेको यो गाउँपालिका वझाङ्गको कुल क्षेत्रफल मध्य साईपाल गाउँपालिकाले लगभग ४३प्रतिशत क्षेत्रफल ओगटेको छ । जिल्ला सदरमुकाम भन्दा निकै टाडा (३२ कोष ) रहेको यो गाउँपालिका चीनको स्वशासित क्षेत्र तिव्वतको ताक्लाकोटसंग जोडिएको छ । भौगोलिक हिसावले काँडा गाविस ठूलो भएकोले एक मात्र गाविसलाई साईपाल गाउँपालिका वनाएका थिए । 

२.१ भौगोलिक अवस्थिति

यस गाउँपालिकाको पूर्वमा बाजुरा जिल्ला ,पश्चिममा दार्चुला जिल्ला, उत्तरमा हुम्ला जिल्ला र चीनको स्वशासित क्षेत्र तिव्वत र दक्षिणमा वझाङ्ग जिल्लाको वुँगल नगरपालिका, सुर्मा गाउँपालिका र तल्कोट गाउँपालिकासँग सिमाना जोडिएको छ । समुन्दी सतहको समुन्द्री सतहको २९0३१'४८” देखि २९०३६'६६” उत्तरी अक्षांश सम्म र ८१०१४'२४” देखि ८१०२४'१२”मा पूर्व देशान्तर सम्म फैलिएको छ । यस गाउँपालिका बझाङ जिल्लाको जिल्ला सदरमुकाम चैनपुर देखि ५० किमीको दुरीमा उत्तर भागमा रहेको छ ।

२.२ ऐतिहासिक चिनारी तथा नामाकरण

यो गाउँपालिका ऐतिहासिक, प्राकृतिक तथा साँस्कृतिक रुपले महत्वपूर्ण क्षेत्र हो परापूर्वकालदेखिअहिलेसम्म यो क्षेत्र(अहिलेको साईपाल गाउँपालिका) पवित्र देवभूमिकोरुपमा पनि चिनिन्छ ।अग्लाअग्ला चुच्चा डाँडाहरु र काँडेदार वुटेन झारहरुले भरिएको यो भूमिमा खड्का जातका मानिसहरु बसोवास गर्न थाले । चुच्चे डाँडा र काँडायुक्त झारहरुभएको यस स्थानमा वसोवास गर्ने मानिसहरुलाई कडाल भनियो । त्यहि कँडाल शव्दलाई कँडाल जातिकोरुपमा नामाकरण गर्न थालियो ।यहि डाडाँकाँडा र काँडेदार झारहरुका वीच वसोवास गर्ने कँडाल जातीको नामवाट यस पवित्र भूमिलाई काँडा भनियो । पञ्चायतकालमा यसै नामवाट काँडा गाउँ पञ्चायत र वहुदलको पुनस्थापना पश्चात यसै नामवाट काँडा गाविसको नामाकरण गरिएको जानकार वताउछन् । राज्य पुनसंरचाना भएपछि जन निर्वाचित पदाधिकारीहरुको मिति २०७४ साल असोज ८ गते वसेको पहिलो गाउँसभाले काँडा गाउँपालिकालाई नजिकरहेको साईपाल हिमालको नामवाट साईपाल गाउँपालिका राखेका थिए । 

 यो क्षेत्र भौगोलिक हिसावले राज्यको मुख्य केन्द्रवाट निकै टाडा छ । शासन संचालनका वारेमा यो क्षेत्रका जनताहरुलाई कुनै जानकारी नभएकाले ततकालिन मेलविसौना गाउँ पञ्चायतमा वसोवास गर्ने कुँवेर वहादुर सिंहलाई काँडा गाउँ पञ्चायतको पहिला निर्वाचित प्रधानपञ्चको पदमा निर्वाचित गरेका थिए ।उनले वारम्वार गरी चार पटक प्रधानपञ्चमा निर्वाचित भएका थिए ।त्यस पछि जनताहरुमा केहि मात्रामा राजनीतिक चेतनाको अभिवृद्धि भएपछि अर्को चुनावको प्रतिस्पधामा स्थानीय कुलभान वोहराले तत्कालिन प्रधानपञ्च कुवेर वहादुर सिंहलाई पराजित गरी पहिलो पटक स्थानीय व्यक्तिले गाउँपञ्चायतको नेतृत्वगरेका थिए । पञ्चायती व्यवस्थाका अन्तिम प्रधानपञ्च भिमदल वोहरा थिए । बहुदलको पुनस्थापना पछिका पहिलोगाउँ विकास समितिका अध्यक्ष गोपाल वोहरा निर्वाचित भएका थिए भने दोस्रो पटकको निर्वाचनमा उक्त गाविसको अध्यक्षरण वहादुर वोहरा निर्वाचित भएका थिए । कुँवेर वहादुर सिंहले पहिलो पटक पतदान गर्ने स्थान काँडालाई रोजी २०३२ सालमा पहिलो पटक काँडा प्राथामिक विद्यालयको स्थापना गरेका थिए । पहिलेको काँडा र अहिलेको साईपाल गाउँपालिकामा तिन माध्यामिक विद्यालय,  १ निम्न माध्यामिक विद्यालय र ५ प्राथामिक विद्यालय रहेका छन् । पञ्चायतकालिन अवस्थामा होस वा वहुदलको पुनस्थानपना पश्चात(वि.सं.२०४७–२०७३) यो क्षेत्रको सामाजिक, शैक्षिक, राजनीतिक, भौगोकिल, आर्थिक आदि क्षेत्रमा अल्लेखनिय सुधार हुन सकेन । सवै पक्ष, क्षेत्र र भूगोगको विकासमा केन्द्रीकृत राज्य प्रणालीवाट विकास हुन नसकेको भन्दै विभिन्न समयमा सवै पक्ष तथा राजनीतिक दलहरुले गरेको आन्दोलनवाट राज्यको पुनसंरचना गर्ने संवैधानिक व्यवस्था गर्यो । राज्यको पुनसंरचनासंगै वझा¨ जिल्लामा स्थानीय तहको पुनसंरचना गर्ने सवालमा काँडा गाविस, धमेना गाविस, मेलविसौना गाविस र दाँतोला गाविसलाई मिलाएर तल्कोट गाउँपालिका वनाउने जिल्ला स्थित पुनसंरचना प्राविधिक समितिले निर्णय गर्‍यो । जिल्ला पुनसंरचना प्राविधिक समितिले गरेको निर्यणवाट काँडा गाविसका जनताहरु लाभ लिन नसक्ने, बरु वहिष्करमा पर्ने ठहर गर्दै स्थानीय जनताहरु सो निर्णय सच्याउन र काँडा गाविसलाई भुगोलको आधारमा छुट्टै गाउँपालिका वनाउन विभिन्न दवावमूलक कार्यक्रमहरु संचालन गर्दै सम्वन्धित निकायको वारम्वार ध्यान केन्द्रीत गरिरहे । जनताहरुले गरेको निरन्तर संघर्ष, आन्दोलन र घेरावन्दीका साथसाथै नागरिकता परित्याग गर्दासमेत जिल्लावाट जनताको माग सम्वोधन हुन सकेन । जिल्लावाट जनताको मागलाई सम्वोधन हुन नसकेपछि काँडाका जनताहरुले संघर्ष समिति वनाई केन्द्रमा (काठमाण्डौ) समेत संघर्ष गरिरहे । विभिन्न राजनीतिक दलका शिर्षथ नेताहरु, राज्य पुनसंरचना आयोगका अध्यक्ष लगायत सदस्यहरु र तत्कालित प्रधानमन्त्री शेर वहादुर देउवासंगको वारम्वार भेटघाट, छलफल, ज्ञापन पत्र र सशस्त संघर्ष पछि शेर वहादुर देउवाको नेतृत्वको सरकारले काँडालाई अलग गाउँपालिकोरुपमाघोषणा गर्‍यो ।राज्यको पुनसंरचना पछि सरकारले गरेको स्थानीय तहको प्रथम निर्वाचनमा काँडा गाउँपालिकावाट अध्यक्ष पदमा राजेन्द्र वहादुर धामी, उपाध्यक्षमा कल्पना देवी वोहरा लगायत पदाधिकारीहरु निर्वाचित भएका थिए

 २.३ राजनीतिक अवस्थिति

प्रदेश नं ७ अन्तरगत रहेको बझाङ जिल्लामा अवस्थित साईपाल गाउँपालिका साविकको काँडा गाविसलाई विभाजन गरी बनेको हो । यो गाउँपालिकालाई५वडाहरुमा विभाजित गरिएकोछ । जिल्लाको २ नगरपालिका र १०गाउँपालिका गरी १२ स्थानीय तहहरु मध्येको १ स्थानीय तह साईपाल गाउँपालिका हो । यस गाउँपालिकाको केन्द्र वडा नं ३ अन्तर्गत काँडा भन्ने स्थानमा रहेका छ । संसदिय चुनावी प्रयोजनका लागि बझाङ जिल्लालाई २ निर्वाचन क्षेत्रमा विभाजन गरिए पनि पुर्नसंरचित अवस्थामा यस जिल्लालाई संघीय प्रतिनिधि चयनका लागि १ क्षेत्र तथा प्रादेशिक प्रतिनिधि चयनका लागि २ क्षेत्रमा विभक्त गरिएको छ । 

२.४ धरातलीय अवस्था

यस क्षेत्रमा धरातलिय स्वरुपका हिसाबले मिश्रित प्रकृतिको भु बनोट रहेको पाईन्छ । पहाडका काखमा बान्की मिलेर बसेका खेतियोग्य भिराला जमिनहरु पनि देख्न सकिन्छ । ती बाहेक धेरैजसो भूभाग भिरालो र चट्टानी क्षेत्रले ओगटेको छ । अग्ला र भिराला पहाडी श्रृंखलाले बनेको यस गाउँपालिकामा भीरपाखा तथा वसोवास योग्य क्षेत्र सहितको विविधतायुक्त धरातलिय अवस्थिति रहेको छ । यस गाउँपालिको भूगोल भिरालो र धेरै जसो कडा चट्टन र बनजंगलले घेरेको छ । कुनै कुनै ठाउँहरुमा चिम्टयाईलो, पाङगो माटोका साथै धैरै जसो कंकटयुक्त माटो पाइन्छ । त्यसैले माटोको उर्वराशक्तिमा पनि विविधता पाइन्छ ।यहाँको हावापानी उष्ण प्रदेशिय देखि लिएर हिमाली हावापानी भित्र पर्दछ । हिउदको समयमा –०० देखि १५ से. सम्म हुन्छ भने गृष्म ऋतुमा अधिकतम तापक्रम ३०० सम्म रहन्छ ।

२.५ प्राकृतिक सम्पदा

यस गाउँपालिकाको कुल क्षेत्रफल १,४६७.२७ वर्ग कि.मी. रहेको छ । जसमध्य बनजंगलको क्षेत्रफल १४६३९८ हेक्टर, सामुदायिक वनको क्षेत्रफल ४५८ हेक्टर, कवुलियत वनको क्षेत्रफल २८९ हेक्टर, कुन वन तथा झाडी क्षेत्र १४६३९८ हेक्टर र सरकारद्वारा व्यवस्थित वनको क्षेत्रफल १४५६५० हेक्टर रहेको छ । यस गाउँपालिकामा ६ वटा सामुदायिक वन, ९ वटा कवुलियत वन, १ वटा धार्मिक वन रहेका छन् । गाउँपालिका भएर अविरल बगिरहने, सेती नदी, लोकन्ते खोला, थरौनी खोला र गनै गाड यहाँका मुख्य प्राकृति सम्पदाहरु हुन् । सिंचाइको मुख्य श्रोतको रुपमा रहेको यी खोलानालाहरुमा एउटा पनि सिंचाई नहरहरु छैन ।  जैविक विवधताका हिसावले उच्च पर्वतिय चिसो हावापानीमा पाइने जीव तथा वनस्पति गुराँस, सल्ला, बाँझ, धुपी सल्ला, नावर, झारल, बाघ, भालु, रतुवा, थार, घोरल, कस्तूरी, व्वासो, मलि सार्पो, स्याल, वदेल, गुना, वादर, दुम्सी, थार मूख्यरुपमा रहेका छन् । चराचुरुङ्गीहरुमा डांफे, कालिच, चाखूरा, मुनाल, फक्रास, हलेसा, पिउरा, ढुकुर, काग, गिद्ध, वाज, गरुल, चिल, कोइली, भेकुरा, चांचर, सुगा, डिगल्चा, सिमाल चरी, ला६ीकोसेरा, जलेवा, धिवर, निलकष्ठ, पादी किट्टो, डाल्ने, पाट्के, सराइना, कोकलसांरा, भगेरा, खूईखुरे, भेकुडा, रानी चरो, फूल चरो आदि पाइन्छन् ।गल क्षेत्रमा पाइन प्रमुख जडिबुटीका रुपमा पाखनबेद, सतुवा, पाँच औले, यार्सागुम्बा, वन लसून, घुच्ची च्याउ, भ्याकुर, निरमसी, पदमचाल, पाषणबेद, पांचऔले, सतुवा, सर्पगन्ध, सुगन्धवाल, ओखर, काफल, चिराईतो, भ्याउ, धुपी, पलांस, दालचिनी, काउलो, भोगपत्र, सुनपाती, लौटसल्ला, टिमुर जटामसी, कटुकि, गूच्ची च्याउ, उतिस, आदिरहेका छन् । अन्य खानीहरुमा खरी, अब्रक, क्रिस्टील, सिसो, फलाम, सिलाजित आदि मुख्यरुपमा पाईन्छ । विभिन्न मठ मन्दिर र त्यसले स्थापित गरेका कतिपय एतिहासिक किम्वदन्तीहरुले पनि प्रशस्त प्रर्यटकीय सम्भावना बोकेको छ । 

हिमालको फेदी तथा पहाडको माथिल्लो भागका अधिकांस स्थानमा वन तथा खर्कहरु रहेका छन् । यस गाउँपालिकाको उत्तरमा देखिने रमणिय साईपाल हिमाल (७०२५ मी.), नाप्पा हिमाल (६७४५मी.), योगा हिमाल (६६४५मी.), उराई भन्ज्याङ्ग (५२०७ मी.), व्यास हिमाल (५६३२ मी.), राक्स्या हिमाल आदि रहेका छन्  

 २.६ साँस्कृतिक उत्कृष्टता

हिन्दु र वोद्ध सँस्कृतिलाई आफ्नो सांस्कृतिक पहिचानको रुपमा अँगालेको यस क्षेत्रको मौलिक संस्कृति र परम्परागत चलनहरुको अनुपम संगम रहेको छ । क्षेत्री, दलित, जनजातीको मिश्रीत बसोवास रहेको यस गाउँपालिकामा मुख्य बोलिचालिको भाषा नेपाली, धुलेल, गुरुङ्ग र तामाङ्ग रहेको छ । भने केहीले बझाङी भाषालाई नै आफ्नो स्थानीय भाषाको रुपमा प्रचलनमा ल्याएका छन् । धार्मिक रुपमा हिन्दु धर्मालम्बीहरुको बाहुल्यता रहेको यो क्षेत्रमा मनाइले चाडपर्वहरुमा कृष्णाष्टमी, तिज, जनैपुर्णिमा, दशै, तिहार, माघे सक्रान्ती, सिउरो, हरेलो, भूवो आदि रहेका छन् भने जनताजीहरुको महत्वपूर्ण पर्वकारुपमा ल्होसार हरेको छ ।धार्मिक तथा भाषिक रुपमा विविधता रहेको यस गाउँपालिकाको यो क्षेत्रमा चाडपर्वका समयमा गरिने बिभिन्न क्रियाकलापहरुले यहाँको सामाजिक र साँस्कृतिक उत्कृष्टता झल्काउने गर्दछन् । भेषभुषाका रुपमा पुरुषहरुले मुख्य रुपमा दौरा, सुरवाल, टोपी तथा कोटका साथै बख्खु, प्वाइन्ट र सर्ट र महिलाले गुन्यु चोली र पटुकीका साथै वख्खु जामा लगाउने गर्दछन् । यस गाउँपालिकाको मानसरोवर जाने लाँगाको वाटो यहाको महत्वपूर्ण सांस्कृतिक सम्पदाहरु हुन् । 

 २.७ विकासका सम्भावनाहरु, अवसर, चुनौति र समस्याहरु

बझाङ्ग जिल्लाको कुल क्षेत्रफल मध्य साईपाल गाउँपालिकाले लगभग ४३प्रतिशत क्षेत्रफल ओगटेको छ ।जिल्ला सदरमुकाम भन्दा निकै टाडा (३२ कोष)साईपाल गाउँपालिका भौगोलिक हिसावले निकै टडा रहेको देखिन्छ । आफ्नो खेतवारीवाट मुस्किलले तीन महिना खान पुग्छ । वाँकी नौ महिनाको लागि खाद्यान्न किनेर खानु पर्ने हुन्छ । शिक्षा, स्वास्थ्य, स्वच्छ खानेपानी, यातायात, खाद्यान्न आदि क्षेत्रमा पनि निकै पछाडी परेको साईपालगाउँपालिका आर्थिक, पर्यटकिय र विकासका प्रचुर सम्भावनाहरु भने जिवित नै छन् । प्राकृति स्रोत साधनको धनी भनेर चिनिएको साईपाल गाउँपालिकालाई योजनागतरुपमा विकासका क्रियाकलापहरु संचालन गर्ने हो भने यो गाउँपालिका सम्पन्न गाउँपालिकाको रुपमा स्थापित हुनेमा दुई मत छैन । भिरालो भू–वनावट, चिम्टयाईलो र कंकटयुक्त माटोमा उत्पादन हुने विभिन्न प्रकारका फलफुल र जडिवुटी खेतीलाई वैज्ञानिकरुपमा व्यवसाय गर्न सकेमा त्यसवाट गाउँपालिकामा वसोवास गर्ने जनताहरु प्रशस्त लाभ लिन सक्ने सम्भावना देखिन्छ ।अवहाम्रा क्रियाकलापहरु जनताहरुको जीवन स्तरमा सुधार  गर्न जडिवुटीको संरक्षण, सम्वद्र्धन र व्यवस्थापन गरी यो क्षेत्रका जनताहरुको आर्थिक अन्नति र प्रगतिमा केन्द्रित हुनु पर्दछ । सांस्कृतिरुपमा पनि यो गाउँपालिका निकै धनी छ । समाज सभ्यताको इतिहास वोकेका कतिपय धार्मिक गाथाहरु, अलौकिक शक्तिवाट भएगराएका घटनाहरु, समाजमा मनाउने चाँडपर्व, रीतिरिवाजहरुले यो गाउँपालिकाको धार्मिक तथा पर्यटकिय महत्वलाई उजागर गरेको छ । जुन इतिहास र संस्कृतिलाई विश्व समुदायमा प्रचार–प्रसार गर्न सक्यो भने यस गाउँपालिकाका जनताहरुले प्रशस्त लाभ लिनसक्ने सम्भावना देखिन्छ । हिन्दुहरुको पवित्र तिर्थ स्थल मानासरोवरको यात्रा यसै गाउँपालिकाको उरैभन्ज्याङ्ग नाँकावाट जाँनु पर्ने भएकोले यो रुट धार्मिक पर्यटकिय पथ मार्गकोरुपमा पनि स्थापित गर्न सकिन्छ । 

यस गाउँपालिको उत्तरपट्टीको भूभागमा साईपाल हिमाल (७०२५ मी.), नाप्पा हिमाल (६७४५मी.), योगा हिमाल (६६४५मी.), उराई भन्ज्याङ्ग (५२०७ मी.), व्यास हिमाल (५६३२ मी.), राक्स्या हिमाल आदि रहेका छन् । यी हिमालहरुको दृश्यवलोकन, साहासिक पदयात्रा र पर्वत्तावहणी गर्नका लागि अति उपयुक्त स्थानहरु रहेका छन् । पर्यटन प्रवद्र्धन गर्नेहरुकालागि आवश्यक पुर्वाधार निर्माण गर्न सकेको खण्डमा पर्यटन उद्योगवाट प्रशस्त आयआर्जन गर्न सकिने सम्भावनाहरु देखिन्छ । यहि क्षेत्रमा वहुमुल्य जढिवुटीहरु छन् । पहिचान तथा प्रचार प्रसार गर्न नसकेका ठूलठूला तालतलैया, झरना र हिमालहरु छन् । विभिन्न जातका लोपउन्मुख जंगली जनावरहरु छन् । विभिन्न जातका चराचुरिङ्गीहरुको वास स्थान रहेको छ ।जुन स्थानवाट मनमोहक दृश्य अवलोकन गर्न सकिन्छ । यति विध्न सम्भावना  भएको क्षेत्रलाई व्यवस्थित र प्रचारप्रसार गर्न सकेमा आन्तरिक र वाह्य पर्यटकहरुको आकर्षक वन्न सक्ने सम्भावना देखिन्छ । 

बझाङ्ग जिल्लामा वहने सेती नदीको मुख्य स्रोत यहि क्षेत्र हो । पृथ्वीको उत्पति देखिनै यस क्षेत्रवाट नदीहरु अनवरतरुपमा वगिरहेका छन् । यहाँका नदीहरुवाट प्रति सेकेन्ड २० हजार लिटर पानी वहने गर्छ जहाँपाट विजुली उत्पादन गर्न सक्ने प्रशस्त सम्भावनाहरु छन् । तर पूर्वाधारको अभाव तथा राज्यले यस क्षेत्रमा ध्यान दिन नसकेको कारणले हाम्रा जलस्रोतहरु खेर गैरहेका छन् । प्रशस्त चरिचरन भएको यो क्षेत्रमा पशुपालको प्रशस्त सम्भावनाहरु रहेको छन् । भेडाबाखा्र, राडिपाखी यस क्षेत्रको रैथानै व्यवसाय हो । यसलाई वैज्ञानिकरुपमा अघि वढाउन सकेको खण्डमा यो क्षेत्र आर्थिकरुपमा आत्मनिर्भर वन्ने संम्भावना देखिन्छ । हिमाली क्षेत्रमा उत्पादन हुने फलफुलहरु जस्तै स्याउ यस गाउँपालिकामा प्रशस्त उत्पादन गर्न सकिन्छ तर वजारीकरणको अभावले स्याउहरुवाट स्थानीय जनताहरुले लाभ लिन सकेको छैन । स्याउको प्रशस्त उत्पादन, त्यसको वैज्ञानिक भण्डारण, र सोहि अनुसार वजारीकरण गर्न सकेमा स्थानीय जनताहरु आर्थिक आयआर्जन गरी लाभ लिन सक्नेमा दुई मत छैन । 

आधारभूत जानकारी
सुदूरपश्चिम
Bajhang
गाउँपालिका
1467.27 वर्ग कि.मि.
जनसंख्या तथ्याङ्क
जम्मा 2625
पुरुष 1292
महिला 1333
अन्य 0
नक्शा दृश्य

स्थापना

स्थापना मिति -
वेबसाइट -

निर्देशाङ्क: 81.331990° उ, 29.725885° प